दफा ११
क्रणपत्रको नामसारी
(१) क्रणपत्रको धनीले आफ्नो नाममा रहेको क्रणपत्र अन्य व्यक्तिको नाममा नामसारी गराउन चाहेमा कार्यालयमा तोकिए बमोजिम निवेदन दिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा कार्यालयले त्यस्तो क्रणपत्रको तोकिए बमोजिम नामसारी” गरिदिनु पर्नेछ। त्यसरी नामसारी भएपछि जसको नाममा क्रणपत्र नामसारी भएको हो सो व्यक्ति नै त्यस्तो त्रणपत्रको धनी कायम हुनेछ।

(३) क्रणपत्रको धनीको मृत्यु भएमा त्यस्तो क्रणपत्रको सम्बन्धमा निजले कसैलाई इच्छाएको रहेछ भने इच्छाइएको व्यक्ति सो क्रणपत्रको धनी हुनेछ। इच्छाइएको व्यक्ति नभएमा वा इच्छाइएको व्यक्तिको पनि क्रणपत्रको धनीभन्दा पहिले नै मृत्यु भैसकेको रहेछ भने प्रचलित सङ्घीय कानून बमोजिमको हकवाला त्यस्तो त्रणपत्रको धनी हुनेछ।

(४) कुनै क्रणपत्र दुई वा दुईभन्दा बढी व्यक्तिले संयुक्त रूपमा खरिद गरेको भएमा त्यस्ता क्रणपत्रको धनीमध्ये कसैको वा सबैको मृत्यु भएमा त्यस्तो क्रणपत्रको साबौँ र व्याजको अधिकार सम्बन्धित क्रणपत्रको धनीले इच्छाएको व्यक्ति भए सो व्यक्तिमा र सो नभए प्रचलित सङ्घीय कानून बमोजिमको हकवालामा सर्नेछ।

(५) उपदफा (३) वा (४) बमोजिमको व्यक्तिले आफ्नो हक पुग्ने सबुद प्रमाण सहित कुनै: क्रणपत्रको नामसारीको लागि कार्यालयमा निवेदन दिएमा कार्यालयले उपदफा (२) बमोजिम त्यस्तो त्र्णपत्र नामसारी गरिदिनु पर्नेछ।